कीवर्डहरू -

डोनाल्ड ट्रम्पको फेसबुक अकाउन्ट दुई वर्षका लागि निलम्बन

डोनाल्ड ट्रम्पको फेसबुक अकाउन्ट दुई वर्षका लागि निलम्बन

फेसबुकले दुई वर्षका लागि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक अकाउन्ट निलम्बन गरेको छ । फेसबुकले सन् २०२३ मा मात्रै ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा आफ्नो अकाउन्ट पुनः चलाउन दिनेछ ।

त्यतिखेर पनि ट्रम्पको अकाउन्टले अरु प्रयोगकर्ताहरुलाई कुनै असर पार्छ की पार्दैन भनेर मूल्याकंन गरेर मात्रै चलाउने दिइने फेसबुकले जनाएको छ ।

सार्वजनिक सुरक्षामा त्यतिखेर पनि डर देखेमा अझै लामो समय निलम्बन गरिदिने पनि कम्पनीले जनाएको छ । ट्रम्पले एप चलाउन थालेपछि पुनः कन्टेन्ट मोडरेसन नियमहरुको उल्लघंन गरेमा अझै बढि प्रतिबन्धहरु लगाईदिने पनि कम्पनीले बताएको छ ।

यो दुई वर्षीय निलम्बनले आफ्नो फलोअरहरका लागि केही पनि पोस्ट गर्नबाट प्रतिबन्धित गर्नेछ । यो निर्णय लिनुभन्दा पहिले कम्पनीले फेसबुकको निरीक्षण बोर्डमा निलम्बन गर्ने की नगर्ने भनेर मूल्याकंन गर्नलाई पठाएको थियो ।

बोर्डले पनि स्वीकृति दिएपछि फेसबुकले यो कदम चालेको हो । जनवरी ६ मा ट्रम्पको कारणले भएको समस्या पछि दुई वर्षीय निलम्बन पछि केही प्रभाव पार्छ की भनेर फेसबुकले आशा गरेको छ ।

ट्रम्पले फेसबुकको यो निर्णयलाई आलोचना गर्दै आफ्नो मतदाताहरुको पनि अपमान गरेको ठहर गरेका छन् । उनले सन् २०२० को राष्ट्रपति निर्वाचनमा धाधली भएको पनि बताएका थिए ।