कीवर्डहरू -

जुन १५ मा विश्वव्यापी रुपमा सःशुल्क पोडकास्ट सदस्यता खोल्दै एप्पल

जुन १५ मा विश्वव्यापी रुपमा सःशुल्क पोडकास्ट सदस्यता खोल्दै एप्पल

एप्पलले जुन १५ मा सःशुल्क पोडकास्ट सदस्यता खोल्ने भएको छ । यो फिचर विश्वव्यापी रुपमा जुन १५ मा सार्वजनिक हुने द भर्जको रिपोर्टमा उल्लेख गरिएको छ । यसको बारेमा एप्पलले अप्रिल १५ मा स्प्रीङ फर्वाड कार्यक्रममा पहिलोपटक बताएको थियो ।

यसमा एड फ्रि अडियो र एक्सक्लुसिब कन्टेन्ट सुन्नका लागि क्रियटरहरुले आफै मूल्य राख्न सक्ने सुविधा पनि रहेको छ जसबाट एपले सब्सिक्रिप्सनको पहिलो वर्षमा ३० प्रतिशत काट्छ र अरु आउँदा वर्षहरुमा १५ प्रतिशत कमिसन लिने गर्दछ ।

आईओएस १४.६ सँगै एप्पलले सःशुल्क पोडकास्टको फिचर ल्याएको थियो तर यसलाई लञ्च गर्न केही ढिला भएको थियो ।