कीवर्डहरू -

आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गर्दै फेसबुक

आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गर्दै फेसबुक

फेसबुकले आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गर्ने भएको छ । यो स्मार्टवाचमा दुई ओटा डिट्याचेबल क्यामेरा पनि हुनेछ जुन आफू खुशी प्रयोगकर्ताले लगाउन वा हटाउन सक्नेछन् ।

ती क्यामेराबाट खिचेको फोटो वा भिडियो फेसबुकको सेवाहरुमा सेयर गर्न पनि पाइनेछ । यसमा इन्स्टाग्राम पनि पर्ने गर्दछ ।

यसमा भिडियो कलका लागि फ्रन्ट क्यामेरा र १०८० पिको रियर क्यामेरा राखिएको छ । यसले एलटीई कनेक्टीभिटी पनि दिने भनिएको छ । यसमा हार्ट रेट मनिटर पनि हुन सक्ने अनुमान लगाइएको छ ।

घडीमा हार्ट रेट मनिटर पनि हुन सक्ने आशङ्का गरिएको छ । स्मार्टवाचको फोन एप पनि हुने अनुमान लगाइएको छ । यसको मूल्य करिब ४०० डलर पर्ने अनुमान गरिएको छ ।