कीवर्डहरू -

सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम तोडफोड गरिरहेको अवस्थामा एक युवक पक्राउ

सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम तोडफोड गरिरहेको अवस्थामा एक युवक पक्राउ

काठमाडौं महानगरपालिका-५ भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एक जना बुधबार राति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डडेलधुरा सेतीबेशी गाउँपालिका-४ घर भएका २१ वर्षीय दिनेश क्षेत्री रहेका छन् ।

उक्त बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने औजार सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।