कीवर्डहरू -

यसरी हेर्नुहोस् पब्जी मोबाइल प्रो लिग साउथ एशिया च्याम्पियनशिपको लाइभ

यसरी हेर्नुहोस् पब्जी मोबाइल प्रो लिग साउथ एशिया च्याम्पियनशिपको लाइभ

बिहीबारदेखि पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप २०२१ शुरू भएको छ । आउँदो आइतबारसम्म सञ्चालन हुने पीएमपीएल साउथ एशिया च्याम्पियनशिप २०२१ मा नेपालसहित विभिन्न देशका १६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

यस प्रतिस्पर्धाको पुरस्कारको राशि १ करोड ७५ लाख बढी नेपाली रूपैयाँ रहेको छ । यो पुरस्कारको राशि मोबाइल इ-स्पोर्टसको इतिहासमै उच्च हो ।

दक्षिण एशियाका विभिन्न १६ टिमले पीएमपीएल साउथ एशिया च्याम्पियनशिपको टाइटल र पुरस्कारको राशिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

यस प्रतियोगिताका १६ प्रतिस्पर्धी टिम मध्ये  ७ वटा टिमका नेपालका छन् । जसमा डिआरएस गेमिङ, सेभेन सी इस्पोर्ट्स, डेडआइज गाइज, ट्रन्ड टु किल, हाई भोल्टेज, पीएन क्रु, स्काई लाइट गेमिङ रहेका छन् ।

त्यस्तै यो प्रतिस्पर्धामा बंगलादेश, पाकिसतान, मंगोलिया, ताइवान, हङकङका लगायतका टिमले पनि प्रतिस्पर्धा गर्दै छन् ।

यसरी हेर्नुहोस् लाईभ

पीएमपीएल साउथ एशिया च्याम्पिनशिपको लाइभ २ तरिकाबाट हेर्न सकिन्छ । एउटा युट्युब च्यानल र अर्को फेसबुक पेज । पीएमपीएल साउथ एशिया च्याम्पिनशिपको लाइभ युट्युबमा हेर्न यहाँ क्लिक गर्नुहोस् भने फेसबुकमा लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

पीएमपीएल साउथ एशिया च्याम्पिनशिपको आजको लाइभ राति ११ः१५ बजेबाट शुरू हुनेछ । साथै कुन बेला कार्यक्रम लाइभ हुन्छ भन्ने बारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।