कीवर्डहरू -

टेलिकमको एफटिटिएच सेवा लिँदा मोबाइलमा दैनिक ३०० एमबी डेटा निःशुल्क

टेलिकमको एफटिटिएच सेवा लिँदा मोबाइलमा दैनिक ३०० एमबी डेटा निःशुल्क

नेपाल टेलिकमले ‘एफटिटिएच डबल मज्जा अफर’ सार्वजनिक गरेको छ । घरमा पनि इन्टरनेट, मोबाइलमा पनि इन्टरनेट नारासहित एफटिटिएच डबल मज्जा अफर ल्याइएको हो ।

यस अफर अन्तर्गत वार्षिक १३ हजार रूपैयाँमा २० एमबीपीएस वा सोभन्दा बढीको एफटिटिएच सेवा लिई आफ्नो मोबाइलमा हरेक दिन ३०० एमबी डेटा निःशुल्कपाउन सकिने छ ।

एफटिटिएच सेवा लिँदा राउटर निःशुल्क पाइने छ भने १०० मिटर ड्रप फाइबर पनि निःशुल्क पाइने छ ।

मोबाइलमा निःशुल्क डेटा पाउन एफटिटिएचको सेवा लिँदा आफ्नो मोबाइल नम्बर रजिष्टर गर्नुपर्ने हुन्छ । टेलिकमको यो योजना आउँदो असारसम्म मात्रै लागु हुनेछ ।