कीवर्डहरू -

अमङ अस गेममा ‘हाईड एण्ड सिक’ मोड सार्वजनिक हुँदै

अमङ अस गेममा ‘हाईड एण्ड सिक’ मोड सार्वजनिक हुँदै

नेपालमा पनि एकदमै चर्चित भईरहेको गेम अमङ असले ‘हाईड एण्ड सिक’ मोड सार्वजनिक गर्ने भएको छ । त्यस्तै एपमा भाइसर कस्मेटिक्स र फिफ्थ म्याप को फिचर पनि राखिने भएको छ ।

यो कुराहरुको जानकारी गेम विकासकर्ता इनरस्लथले समर गेम फेस्टमा दिएका थिए । यी अपडेटहरु कहिले आउँछ भन्ने बारे कम्पनीले कुनै पनि जानकारी दिएको छैन् ।

इनरस्लथले एउटा ब्लग पोस्ट गर्दै एपमा अकाउन्ट लिकं गर्ने फिचर पनि ल्याउने जानकारी दिएका छन् । यसले बहु प्लेटफर्म प्रयोग गरेर गेम खेल्नेहरुलाई सजिलो पारिदिनेछ ।

इनरस्लथले केही अरु फिचरहरु पनि गेममा जोड्ने बताएका छन् । अपडेट पछि गेममा अहिले रहेको उच्चतम खेलाडी शङ्ख्या १० बाट कम्पनीले १५ बनाउने पनि बताएको छ ।

केही खेलाडी रङ्गहरुमा पनि परिवर्तन ल्याउन आटिएको उनले बताएका छन् । अमङ अस अहिले पिसी, आईओएस, एन्ड्रोईड र स्वीचमा उपलब्ध रहेको छ ।

सन् २०२१ को अन्तय तिर यो गेम प्लेस्टेसन र एक्सबक्समा पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।