कीवर्डहरू -

ट्रिपल रियर क्यामेरा सहित एमआई ११ लाइट स्मार्टफोन नेपालमा, कति छ मूल्य ? 

ट्रिपल रियर क्यामेरा सहित एमआई ११ लाइट स्मार्टफोन नेपालमा, कति छ मूल्य ? 

नेपाली बजारमा एमआई ११ लाइट स्मार्टफोन सार्वजनिक भएको छ । शुक्रबार ट्रिपल क्यामेरा भएको एमआई ११ लाइट सार्वजनिक भएको हो ।

६.५५ इन्च एमोलेड डच डिस्प्ले भएको फोनमा ९० हर्जको रिफ्रेस रेट रहेको छ । फोनको डिस्प्लेलाई कोर्निङ गोरिल्ला ग्लास ५ ले सुरक्षित गरिएको छ ।

इमआई ११ लाइटमा फुल एचडी प्लस रिसोलुसन रहेको छ । साथै फोनमा ८ एनएनको क्वालकम स्न्यापड्रयागन ७३२ जी फोरजी प्रोसेसर राखिएको छ ।

नेपालमा उपलब्ध भएको यसमा ६ जीबी र्‍याम र १२८ जीबी रोम रहेको छ । यसमा एन्ड्रोइड ११ मा आधारित एमआई युआई १२ उपलब्ध छ ।

फोनमा ट्रिपल रियर  क्यामेरा छन् । जसमा ६४ मेगापिक्सेल प्राइमरी लेन्स, ८ मेगा पिक्सेल अल्ट्रा वाइड लेन्स र ५ मेगापिक्सेल टेलेम्याक्रो सेन्सर रहेका छन् ।

साओमीको एमआई ११ लाइटमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । सुरक्षाका लागि यसमा फेसलक र फिंगरप्रिन्टको व्यवस्था गरिएको छ ।

एमआई ११ लाइटमा ४२५० एमएएचको ब्याट्री उपलब्ध छ । जसले ३३ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ ।

नेपाली बजारमा एमआई ११ लाइट फोनको मूल्य ३४ हजार ९९९ रूपैयाँ तोकिएको छ । यो फोन चाँडै आधिकारिक रिटेल स्टोरमा उपलब्ध हुने साओमीले नेपालले जनाएको छ ।