कीवर्डहरू -

करिब ३ अर्ब २८ करोडमा बिक्री भयो जेफ बेजोससँग अन्तरिक्षमा ११ मिनेट यात्रा गर्ने टिकट

करिब ३ अर्ब २८ करोडमा बिक्री भयो जेफ बेजोससँग अन्तरिक्षमा ११ मिनेट यात्रा गर्ने टिकट

अमेजनका संस्थापक जेफ बेजोसको कम्पनी ब्लु ओर्जिनले बनाएको न्यु सेफर्ड स्पेस रकेटमा यात्रा गर्न एक जनाले २ करोड ८० लाख डलर अर्थात आजको विनिमयदर अनुसार करिब ३ अर्ब २८ करोड नेपाली रूपैयाँ तिरेका छन् ।

रकेटमा ११ मिनेट यात्रा गर्न शनिबार भएको लिलामी बढाबढमा एकजनाले २ करोड ८० लाख डलर कबोल गरेका छन् । २ करोड ८० लाख डलर कबोल गरेका ति व्यक्ति आगामी २० जुलाईमा बेजोससँग अन्तरिक्ष यात्रामा जाने छन् ।

बेजोससँगको यात्राका लागि यसअघि विश्वभरबाट टिकट खरिद गर्न आवेदन माग गरिएको थियो । जसमा १५९ देशबाट ७ हजार ६ सय मानिसले फारम भरेका थिए ।

त्यसमध्ये २० जनाले टिकटका लागि भाउ लगाएका थिए । ४८ लाख डलरबाट सुरू भएको टिकटको बोलकबोल १० मिनेट नबित्दै २ करोड ८० लाख सम्म पुगेको थियो ।

बेजोसको कम्पनी ब्लु ओरिजिनले त्यति धेरै रकम तिरेर अन्तरिक्ष यात्रामा जान लागेको मानिसको नाम भने खुलाएको छैन् ।