कीवर्डहरू -

कुन कुन आईफोनमा चल्छ टेलिकमको भीओएलटिई सेवा ? 

कुन कुन आईफोनमा चल्छ टेलिकमको भीओएलटिई सेवा ? 

नेपाल टेलिकमले गत जेठ ३ गते विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपालमै पहिलो पटक भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवा शुरू गरेको थियो ।

फोरजी प्रविधिमा आधारित भीओएलटिई सेवा प्रयोग गर्न आफ्नो मोबाइलले भीओएलटिई सेवा सपोर्ट गर्नुपर्नेछ । त्यसपछि प्रिपेड र पोस्टपेड दुबै सीममा भीओएलटिई एक्टिभेट गरेर यो सेवा प्रयोग गर्न सकिने छ ।

टेलिकमको भीओएलटिई सेवा आईफोन सिक्सदेखि माथिका फोनमा चल्न थालेका छन् । यसअघि आईफोनमा भीओएलटिई सेवा नचलेपछि टेलिकमको एप्पलका सीईओलाई इमेल लेखेको थियो । त्यसपछि समस्या समाधान गर्न एप्पलले विज्ञ टोली खटाएको थियो ।

भीओएलटिई सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिने छ ।

टेलिकमका सेवाग्राहीले भीओएलटिई सपोर्ट गर्ने आफ्नो मोबाइलबाट *४४४# डायल गरी सिममा भीओएलटिई एक्टिभेट गर्न सक्नेछन् ।

यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भीओएलटिई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटिईको संकेत देखापर्दछ ।

भीओएलटिईको संकेत देखापरेपछि *१११# डायल गर्नुपर्दछ । नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेटभीओएलटिई भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने छ ।

कुन कुन आईफोनमा चल्छ टेलिकमको भीओएलटिई ?

नेपाल टेलिकमको भीओएलटिई सेवा आईफोन ६, आईफोन सिक्स एस, आईफोन सिक्स एस प्लस, आईफोन सेभेन, आईफोन सेभेन प्लस, आईफोन एट, आईफोन एट प्लस, आईफोन एसई, आईफोन एक्स, आईफोन एक्सआरमा चल्छ ।

त्यस्तै आईफोन एक्सएस, आईफोन एक्सएस म्याक्स, आईफोन ११, आईफोन ११ प्रो, आईफोन ११ प्रो म्याक्स, आईफोन १२, आईफोन १२ मिनी, आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्समा पनि नेपाल टेलिकमको भीओएलटिई चल्नेछ ।

साथै आईफोनमा लेटेस्ट आईओएस अपडेट आएको छ की छैन् निश्चित गर्न पनि कम्पनीले आग्रह गरेको छ । नेपाल टेलिकमले अन्य मोबाइल सप्लायरसँग पनि मोबाइलमा भीओएलटिई सपोर्ट ल्याउन निरन्तर लागि परेको छ ।