कीवर्डहरू -

कोपा अमेरिका पनि डिशहोमबाट प्रत्यक्ष हेर्न सकिने

कोपा अमेरिका पनि डिशहोमबाट प्रत्यक्ष हेर्न सकिने

नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रसारण गर्ने भएको छ । युरोकप २०२० सँगै डिशहोमले आफ्नो एक्सन स्पोर्ट्स च्यानलबाट कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

जुन १४ बाट सुरु भएको कोपा अमेरिकामा, विश्व फुटबलमा गर्विलो प्रदर्शन गर्ने देशहरु सहभागी दक्षिण अमेरिकी देशहरुको यस प्रतिस्पर्धामा १० राष्ट्र सहभागी भएका छन् ।

नेपाली समय अनुसार मध्यरात तथा विहानी पख हुने खेलहरु डिशहोमको रियालिटि टिभि तथा एक्सन स्पोर्टस एचडिमा नेपाली फुटवल फ्यानहरुले हेर्न सक्नेछन ।