कीवर्डहरू -

कर्मचारीको सुरक्षाका लागि रोबोटमा लगानी गर्दै अमेजन

कर्मचारीको सुरक्षाका लागि रोबोटमा लगानी गर्दै अमेजन

रोबोटहरुले कर्मचारीको सुरक्षा बढाउने अमेजनले अनुमान गरेको छ । कम्पनीले कर्मचारीहरु माथि दबाव घटाउनका लागि विभिन्न रोबोटहरु र प्रविधिहरुको झलक दर्शकहरुलाई दिएको छ ।

कम्पनीले स्वायत्त सामान बोक्न सक्ने रोबोटहरुको जाँच गरिरहेको छ । यो रोबोटको नाम बर्ट रहेको छ जसले सजिलै कार्ट र सामानहरु बोक्न सक्छ । यो रोबोट कहिले पूर्ण रुपले तयार हुन्छ बारे कुनै पनि जानकारी दिइएको छैन् ।

अर्काे स्कुटर भन्ने रोबोटले गुडाउने कार्टलाई रेल जसरी बोक्ने गर्दछ । यसलाई कम्पनीले सन् २०२१ के अन्त्य सम्ममा प्रयोगमा ल्याउने लक्ष्य राखेको छ । कर्मिट भन्ने रोबोटले चुम्बकीय टेप प्रयोग र ट्याग गरेर खाली बक्सहरु जम्मा गर्ने गर्दछ ।

कर्मिटलाई अमेजनले विभिन्न ठाउँहरुमा परिक्षण गरिरहेको छ । उत्तर अमेरिकामा दर्जनौँको सङ्ख्यामा यसलाई प्रयोग गर्ने पनि कम्पनीले निर्णय गरेको छ ।

अर्काे अर्नी नामक प्रोटोटाइप रोबोटले अरु कर्मचारीले तनकिने वा झुक्नु नपरोस भनेर र्‍याकहरुबाट सामान निकाल्दिने र राखिदिने गर्दछ । अमेजनले रोबोटहरको सहयोगले कर्मचारीहरुको काम हल्का भएपनि सजिलो हुने विश्वास गरेको छ ।

यसले कर्मचारीलाई चोटपटक लाग्नबाट पनि जोगाउने विश्वास गरिएको छ ।  यी लक्ष्यहरु कम्पनीले सन् २०२५ सम्ममा पूरा गर्ने योजना राखेको छ । अमेजनले यो वर्ष कामको ठाउँमा सुरक्षा बढाउनका निम्ति ३०० मिलियन डलर खर्च गरेको छ ।