कीवर्डहरू -

शहरी यातायातलाई प्रविधिमैत्री बनाउन ई-टिकेट र ई-भुक्तानीको व्यवस्था मिलाइने

शहरी यातायातलाई प्रविधिमैत्री बनाउन ई-टिकेट र ई-भुक्तानीको व्यवस्था मिलाइने

गण्डकी प्रदेशले सवारी साधनमा डिजिटल प्रणाली लागु गरी शहरी यातायातलाई प्रविधिमैत्री बनाउन इटिकेट र इभुक्तानीको व्यवस्था मिलाउने भएको छ ।

प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शहरी यातायातलाई प्रविधिमैत्री बनाउन इ टिकेट र इ भुक्तानीको व्यवस्था मिलाउने बताएका हुन् ।

उनले अगाडि भने, ‘यातायात कार्यालयबाट प्रदान हुने सबै प्रकारका सेवालाई प्रविधिमैत्री बनाउन आवश्यक स्रोतको व्यवस्था गरेको छु ।’

साथै प्रदेशले नेपाल सरकारसँगको सह लगानीमा सूचना प्रविधि पार्क पनि निर्माण गर्ने बताइएको छ ।