कीवर्डहरू -

जुन २४ मा सार्वजनिक हुँदै विन्डोज ११, कस्ता हुनेछन् फिचर ?

जुन २४ मा सार्वजनिक हुँदै विन्डोज ११, कस्ता हुनेछन् फिचर ?
फोटोः द भर्ज

आगामी जुन २४ मा विन्डोज ११ सार्वजनिक हुन सक्ने अनुमान लगाइएको छ । अहिले विन्डोज ११ को जानकारी इन्टरनेटमा लिक भईरहेको छ र यो विन्डोज १० एक्स जस्तै रहेको पाइएको छ ।

यसमा सेन्ट्रलाइज्ड स्टार्ट मेन्यू र कुनाहरु गोलाकार बनाइएको देखिएको छ । द भर्जको रिपोर्ट अनुसार डिजाइन हेर्दा यो विन्डोज १० जस्तै रहेको छ । यसमा केही यूआई टवीक्स् पनि रहेका छन् ।

यस नयाँ ओएसमा नयाँ स्न्याप कन्ट्रोल पनि रहेको छ जसले आफूखुशी विन्डोजलाई स्क्रीनमा जता पनि राख्न दिन्छ । तपाईले अब विन्डोलाई ड्रयाग गरिरहनु पर्दैन् ।

विन्डोज १० एक्सकै केही फिचर रहेकाले पनि माइक्रोसफ्टले त्यो भर्सन सार्वजनिक नगरेको अनुमान लगाउन सकिन्छ । माइक्रोसफ्टले हालैमा सिङ्ग्ल स्क्रीन ल्यापटपलाईनै बढी मान्यता दिने पनि जनाएको थियो ।

विन्डोज १० आज भन्दा ६ वर्ष पहिले सार्वजनिक भएको थियो जसले गर्दा यस अपडेटले नयाँ अप्टिमाईजेसनहरु ल्याउँछ भनेर आशा गर्न सकिन्छ ।