कीवर्डहरू -

वर्षा र बाढीबारे ११५५ मा फोन गरेर जानकारी लिन सकिने 

वर्षा र बाढीबारे ११५५ मा फोन गरेर जानकारी लिन सकिने 

नेपालमा मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोको जोखिम बढेको छ । नदीहरुको बहाब बढेको छ । विभिन्न ठाउँमा बाढी आएको छ पहिरो गएको छ ।

यस्तो बेला सर्वसाधारणले ११५५ मा फोन गरेर वर्ष र बाढी बारे जानकारी लिन सक्ने छन् । राष्ट्रिय विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा र बाढीबारे थाहा पाउन ११५५ र उद्धारका लागि मद्दत माग्न ११४९ मा फोन गर्न सकिने जनाएको छ ।

त्यस्तै बाढी पूर्वानुमान महाशाखाले हरेक दिन बिहान सात बजे प्रमुख नदीहरूको बुलेटिन जारी गर्ने गरेको छ ।  उक्त बुलेटिन hydrology.gov.np बाट पढ्न सकिन्छ ।

साथै मौसम पूर्वानुमान महाशाखाको वेबसाइट बाट मौसमको बारेमा जानकारी लिन सकिने छ । त्यसैगरी नेपाल बाढी सूचना-नेपाल फ्लड अलर्ट नामक फेसबुक पेज तथा ट्विटर अकाउन्ट मार्फत बाढीका साथै बाढीजन्य अन्य सूचना समेत पाउन सकिने छ ।