कीवर्डहरू -

फेसबुकले पत्ता लगाउन सक्छ अब ‘डिप फेक’, कहाँबाट बनाइएको भन्ने पनि थाहा हुने

फेसबुकले पत्ता लगाउन सक्छ अब ‘डिप फेक’, कहाँबाट बनाइएको भन्ने पनि थाहा हुने
फोटो स्रोत : बिबिसी

फेसबुक विश्वव्यापी समस्याका रुपमारहेको ‘डिप फेक’ पत्ता लगाउने प्रविधिको विकास गरेको छ । साथै, उक्त ‘डिप फेक’ कहाँबाट आएको हो भन्ने पनि पत्ता लगाउन सक्नेछ ।

डिप फेकले मान्छेरुको निजी सुरक्षामा समस्या ल्याईरहेकाले फेसबुकले यो फिचर ल्याएको हो । यो एआईलाई फेसबुकले मिचिगन विश्वविद्यालयसँग सहकार्य गरेर ल्याएको हो ।

कम्पनीले यस प्रक्रियालाई रिभर्स इन्जिनियरिङको माध्यमले बनाएको छ । यस एआईले कुन मोडेलमा ईमेज बनाइएको थियो भनेर विस्तृत जानकारी पनि दिने गर्दछ । तर यस एआईलाई पशिक्षिण दिइएको बाहेकको जेनेरेटिभ मोडेललाई भने पहिचान गर्न सक्दैन् ।

यसले एआई मोडेल पछाडिको नौलो प्यार्टन पत्ता लगाउने गर्दछ । एआइले डिप फेकको गुुणहरु पनि थाहापाउन सक्छ । यसले वास्तविक स्रोत पनि दिने हुँदा कसले यसतो नक्कली कन्टेन्ट बनाईरहेको छ भन्ने पनि थाहा हुन्छ । अहिलेको समयमा यस प्रविधिले एकदमै सहयोग पु¥याउने आशा गरिएको छ ।