कीवर्डहरू -

डोल्मा इम्प्याक्ट फन्डले उपाय सिटी कार्गोमा १८ करोड लगानी गर्ने

डोल्मा इम्प्याक्ट फन्डले उपाय सिटी कार्गोमा १८ करोड लगानी गर्ने

डोल्मा इम्प्याक्ट फन्डले उपाय सिटी कार्गोमा १८ करोड रूपैयाँ (१८० मिलियन) लगानी गर्ने भएको छ । लगानीका लागि डोल्मा इम्प्याक्ट फन्डले उपाय सिटी कार्गोसँग एमओयु गरेको  छ ।

अहिले लगानी गर्नका लागि मात्रै एमओयु भएको र लगानी आइनसकेको उपाय सिटी कार्गोका अध्यक्ष सुमन रायमाझीले बताए ।

‘अहिले लगानी आइसकेको छैन् । एमओयु भएको हो,’ उनले आइसिटी समाचारसँग भने, ‘अब हाम्रो ड्यु डेलिजेन्स हुन्छ । त्यसपछि हामी अन्तिम सम्झौता गर्छौं । अनि उद्योग विभागबाट स्वीकृत भएपछि लगानी आउँछ ।’

यो लगानी देशका प्रमुख शहरहरुमा शाखा विस्तार गर्न, लजिष्टिक सपोर्टलाई राम्रो र छिटो बनाउन प्रयोग गरिने रायमाझीले जानकारी दिए ।

उपाय सिटी कार्गोले कुनै पनि सामान एक एक ठाउँबाट अर्को ठाउँमा लैजान सहयोग गर्छ । उपाय सिटी कार्गोमा निःशुल्क आवद्ध हुन सकिन्छ । अहिलेसम्म त्यसरी आवद्ध हुनेमा १५ सय बढी गाडी चालक पुगेका छन् ।

कम्पनीले ३ महिना अगाडि मोटरसाइटकलको सेवा पनि सुरू गरेको थियो । आफूलाई आवश्यकताअनुसार दुई पांग्रे र चार पांग्रे सवारी साधन एपबाट मगाउन मिल्छ ।

उपाय सिटी कार्गोको एप गूगलको प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध रहेको छ । उपाय सिटी कार्गोको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।