कीवर्डहरू -

घरबाट काम गर्नलाई अझ सहज बनाउन माइक्रोसफ्टले ल्यायो ह्वाइटबोर्ड एप

घरबाट काम गर्नलाई अझ सहज बनाउन माइक्रोसफ्टले ल्यायो ह्वाइटबोर्ड एप

माइक्रोसफ्टको पछिल्लो ह्वाइटबोर्ड एपले घरबाट काम गर्नलाई अझै सहज बनाएको छ । यो ह्वाईटबोर्ड एप माइक्रोसफ्ट ३६५ का लागि सार्वजनिक भएको हो । माइक्रोसफ्टले आफ्नो टिम्स, फ्ल्युड कम्पोनेन्ट र भिभा एपलाई पनि अपडेट गरेको छ ।

यसले हाईब्रिड रिमोट र अफिसमा गएर काम गर्नेहरुलाई सहज बनाउँछ । ह्वाइटबोर्डले भौतिक ह्वाइटबोर्ड जसरीनै चित्र बनाउन, मेट्न र स्टीकी नोट राख्न दिने गर्दछ । यसमा प्रेजेन्टेसनलाई राम्रो बनाउनका निम्ति टाइप गर्न र ईमेज राख्न पनि मिल्छ ।

माइक्रोसफ्टले ‘कोल्याबोरेसन कर्सर’ भन्ने पनि अप्सन ल्याएको छ जसले घरबाट एप प्रयोग गर्नेहरुलाई अरुले ह्वाइटबोर्डमा के गरिरहेका छन् भनेर हेर्न दिन्छ । यसमा नयाँ लेजर पोइन्टर पनि रहेको छ जसले महत्वपूर्ण बुँदाहरुमा ध्यानाकर्षण गराउँछ ।

नयाँ भर्सनले टेम्पलेटको पनि फिचर ल्याएको छ जसले प्रेजेन्टेसन सुरु गर्नमा मद्दत पुर्‍याउँछ । ‘कोलाबोरेटिभ डाइग्राम’ का लागि विभिन्न आकार, लाईन, टेक्सटहरु जोड्न मिल्ने अप्सन पनि रहेको छ ।

यो ह्वाइटबोर्ड एपमा ईमेज र डक्युमेन्ट पनि इन्सर्ट गर्न सकिन्छ । त्यहाँ सेयर गरिएको विचारहरुलाई नयाँ स्टीकर प्रयोग गरेर प्रतिक्रिया पनि दिन सकिने भएको छ ।