कीवर्डहरू -

इन्स्टाग्रामका प्रयोगकर्ताले समूहमा कोष जम्मा गर्न फण्डरेजिङ प्रयोग गर्न पाउने

इन्स्टाग्रामका प्रयोगकर्ताले समूहमा कोष जम्मा गर्न फण्डरेजिङ प्रयोग गर्न पाउने

इन्स्टाग्रामका प्रयोगकर्ताहरुले अब समूहमा कोष जम्मा गर्नलाई फण्डरेजिङ उपकरण प्रयोग गर्न पाउने भएका छन् ।

यो नयाँ अप्सनले समूहमा फण्डरेजर सुरु गर्न दिनेछ । सन् २०१९ मा इन्स्टाग्रामले डोनेसन स्टीकर पनि सार्वजनिक गरेको थियो । त्यहाँ देखि राम्रो कामहरुका लागि मान्छेहरुले कोष जम्मा गर्न थालेका छन् ।

समूहमा कुनै काम गर्दा झनै सजिलो हुने भन्ने बुझेकाले इन्स्टाग्रामले ‘क्रियट अ फण्डरेजर’ भन्ने अप्सन ल्याएको छ । यसमा प्रयोगकर्ताले आफ्नो साथी र परिवारजनलाई पनि जोड्न सक्छन् ।

फण्डरेजर पेजमा सेयर आईकनलाई थिचेर इन्भाइट ग्रुप मेम्बर भन्ने अप्सनमा थिच्नुपर्छ र अरु मान्छेहरुलाई इन्भाइट गर्न सकिन्छ ।

सोही पेजमा गएर प्रयोगकर्ताहरुले पैसा दिन सक्नेछन् । जम्मा भएको पैसाबाट एक रुपैयाँ पनि नलिने र सबै पैसा गैरनाफा अभियानमै जाने कम्पनीले बताएको छ ।