आइतबार, १९ चैत, २०७९
Sunday, 02 April, 2023
Skip Advt.

मेगा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट

मेगा बैंकका ग्राहकहरुले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । 

कोभिड १९ बाट उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकम बीच मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटमा सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो । 

सम्झौता अनुसार, मेगा बैंकका डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजबाट सामान खरिदमा १५ प्रतिशतसम्म अथवा बढीमा ५ सयसम्म छुट पाउने छन् ।

डिजिटल बैंकिङ अन्तर्गत नगद बिहिन कारोबारलाई बढावा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले दराजसँग सम्झौता गरेको हो । 

दराज डटकम तथा दराजको मोबाइल एपबाट आफुलाई आवश्यक सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिन्छ । 

 

सम्बन्धित समाचार