कीवर्डहरू -

फेसबुकमा थप हुँदै पोडकास्ट फिचर

फेसबुकमा थप हुँदै पोडकास्ट फिचर

अब फेसबुकमा पोडकास्ट सुविधा पनि थप हुने भएको छ । जुन २२ अर्थात आगामी मंगलबारदेखि फेसबुकमा पोडकास्ट सेवा थप हुने भएको हो ।

यो सुविधाले फेसबुकको न्युजफिडमा प्रोडकास्ट क्लिप राख्न र त्यहीँ सुन्न सकिने छ । पछिल्लो समय पोडकास्ट प्रविधि लोकप्रिय हुँदै गएपछि फेसबुक पनि यसमा जोडिएको हो ।

फेसबुकका अनुसार क्रियटरले पोडकास्टलाई कुनै पनि समय अनपब्लिस गर्न र हटाउन सक्ने छन् । स्पोटिफाइले पनि बिहीबार स्पोटिफाई ग्रिनरूम एप सार्वजनिक गरेको छ । ट्विटरले पनि एपमा अडियो फिचर परीक्षण गरिरहेको छ ।