कीवर्डहरू -

काठमाडौं आइपुगे विश्व बैंकले उपलब्ध गराएका ९८२ अक्सिजन कन्सनट्रेटर

काठमाडौं आइपुगे विश्व बैंकले उपलब्ध गराएका ९८२ अक्सिजन कन्सनट्रेटर

विश्व बैंकको आर्थिक सहयोगबाट प्राप्त ९८२ अक्सिजन कन्सनट्रेटर नेपाल आइपुगेका छन् । दश लिटरका उक्त अक्सिजन कन्सन्ट्रेटर शनिबार काठमाडौं आइपुगेका हुन् ।

कोरोना महामारीको अवस्थामा संक्रमितको उपचारमा सहयोग गर्न र स्वास्थ्य अवस्थालाई सुधार गर्न यसले सहयोग पुग्ने वल्र्ड बैंकको विश्वास छ ।

यि अक्सिजन कन्सनट्रेटर छ्टिटै नेपालमा ल्याउन सकेको र आवश्यक भएका सातै प्रदेशमा पुर्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले बताए ।

अक्सिजन कन्सन्ट्रेटरसँगै विश्व बैंकले सातवटा अक्सिजन उत्पादन प्लान्टको लागि पनि सहयोग गरेको छ । यि प्लाटर्को ६ देखि १५ हप्ताभित्र नेपालमा ल्याएर सातै प्रदेशमा स्थापना गरिने विश्व बैंकले जनाएको छ ।