कीवर्डहरू -

माइक्रोसफ्टको अध्यक्षमा सीईओ सत्य नाडेला नियुक्त

माइक्रोसफ्टको अध्यक्षमा सीईओ सत्य नाडेला नियुक्त

माइक्रोसफ्टको अध्यक्षमा सत्य नाडेल नियुक्त भएका छन् । माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका भारतीय मुलका नाडेल अध्यक्ष नियुक्त भएका हुन् ।

यसअघि माइक्रोसफ्टका अध्यक्ष जोन थमसन थिए ।  जोनले अब प्रमुख स्वतन्त्र निर्देशकको रूपमा काम गर्नेछन् ।

नाडेला सन् २०१४ देखि माइक्रोसफ्टको सीईओको रूपमा काम गर्दै आएका छन् । उनले लिंक्डइन, नुआन्स कम्युनिकेशन्स र जेनिम्याक्स जस्ता अर्बौं डलर अधिग्रहण सहितको कारोबारलाई विस्तार गर्न पनि महत्वपूर्ण भूमिका खेलेका छन् ।

सन् २०१४ मा माइक्रोसफ्टको अध्यक्षको जिम्मेवारीबाट संस्थापक बिल गेट्स बाहिरिएका थिए । त्यसपछि बिलबाट थमसनले अध्यक्षको सपथ लिएका थिए ।