कीवर्डहरू -

आईफोनमा भेटियो नयाँ बग, अनौठो नाम भएको नेटवर्कमा जोडिएपछि वाईफाई ब्रेक हुने समस्या

आईफोनमा भेटियो नयाँ बग, अनौठो नाम भएको नेटवर्कमा जोडिएपछि वाईफाई ब्रेक हुने समस्या

आईफोनमा आइफोन बग नामक नयाँ बग पत्ता लागेको छ । जसले गर्दा प्रयोगकर्ता अनौठो नाम भएको नेटवर्कमा जोडिएपछि वाईफाई ब्रेक हुन थालेको छ ।

ब्लीपिङ कम्प्युटर र एप्पल इन्साईडरका अनुसार सुरक्षा अन्वेषक कार्ल सोउले आईओएस डिभाइसहरुमा रहेको यो बग पत्ता लगाएका हुन् ।

%p%s%s%s%s%n जस्तो वाईफाईको  नाम दिएमा आईफोनमा वाईफाई चल्न छाडिदिन्छ । यसलाई आफ्नो नेटवर्क सेटिङ्गलाई रिसेट गरेर पुन : चलाउन सकिन्छ ।

यसका लागि सेटिङ्गमा गएर जनरल भन्ने अप्सनमा जाने र रिसेटमा थिचेर रिसेट नेटवर्क सेटिङ्ग भन्ने अप्सनमा थिच्नुपर्छ ।

र्फम्याटिङमा समस्या भएको कारणले गर्दा यस्तो समस्या आएको ब्लिपिङ कम्प्यूटरले आशङ्का गरेको छ । यो समस्या आईओएस १४.६ मा पनि रहेको पाइएको छ । सुरुमा % को साइनलाई आईओएसले प्रोग्रामिङ कमाण्ड हो भन्ने मान्छ जसले गर्दा वाईफाई ब्रेक हुने गर्दछ ।

यसले केही प्रयांक गर्नेहरुलाई तपाईको मोबाइल अनौठो नाम भएको हटस्पटसँग कनेक्ट गराईदिएर मोबाइल केही समयका लागि ग्लीच हुने समस्या सिर्जना गराईदिन सक्छन् । एप्पलले यो बगको सन्दर्भमा केही पनि भनेको छैन् ।