कीवर्डहरू -

युट्युबको आईओएस एपमा अब पिक्चर इन पिक्चर मोड

युट्युबको आईओएस एपमा अब पिक्चर इन पिक्चर मोड

युट्युबको आईओएस एपमा अब पिक्चर इन पिक्चर मोड सुविधा उपलब्ध हुने भएको छ । यो फिचर सर्वप्रथम भने अमेरिकाको आईओएस प्रयोगकर्ताका लागि उपलब्ध हुने भएको हो ।

यो मोडले प्रयोगकर्ताहरुलाई ब्राउजरमा अरु काम गरिरहँदा मिनी प्लेअरमा भिडियो पनि हेर्न दिनेछ । यो फिचर सर्वप्रथम युट्युब प्रिमियम सब्सक्राईबरले पाउनेछन् र त्यसपछि आईओएसका सबै प्रयोगकर्ताहरुले पाउने कम्पनीले जानकारी दिएको छ ।

यो फिचर नेटफ्ल्क्सि, ट्वीच, अमेजन प्राइभ भिडियो डिज्नी प्लस र एप्पल टिभीले पहिलेनै प्रयोगमा ल्याइसकेका छन् ।यो फिचरले मोबाइलमा अन्य काम गर्दै भिडियो हेर्न सहज बनाउने छ ।