कीवर्डहरू -

जेफ बेजोसलाई अन्तरिक्षबाट पृथ्वीमा नफर्कन ४१ हजारले गरे हस्ताक्षर

जेफ बेजोसलाई अन्तरिक्षबाट पृथ्वीमा नफर्कन ४१ हजारले गरे हस्ताक्षर

अमेजनका संस्थापक जेफ बेजोस आगामी महिनामा अन्तरिक्षमा जाने तयारीमा छन् तर यही बेला विश्वक केही मानिसहरु उनलाई पृथ्वीमा नफर्कन भन्दै हस्ताक्षर अभियान चलाएका छन्।

अन्तर्राष्ट्रिय समाचारहरुका अनुसार जेफ बेजोसलाई अन्तरिक्ष यात्राबाट पृथ्वी फर्कनबाट रोक्न भन्दै ४१ हजार व्यक्तिले पेटिसनमा हस्ताक्षर गरेका छन् ।

ब्लु अरिजिन नामक अन्तरिक्ष अन्वेषण फर्मका संस्थापक बेजोसले उनी र आफ्नो भाइ मार्क बेजोससँग न्यू सेपहर्ड रकेटमा अन्तरिक्षमा जाने तयारीमा छन् ।

उनको यो घोषणाको तीन दिन पछि उनको पृथ्वीमा पूर्नआगमन रोक्नलाई दुईवटा पेटिसन सार्वजनिक गरिएको छ । यो दुवै पेटिसनले दश दिनकै अन्तरालमा हजारौँ फलोअर प्राप्त गरिसकेका छन् ।

‘डू नट अलाऊ जेफ बेजोस टू रिटर्न टू अर्थ’ शीर्षक भएको पेटिसनमा २३ हजार जनाले चेन्ज डट ओआरजी भन्ने वेबसाइटमा हस्ताक्षर गरेका छन् ।

पेटिसन विवरणमा अर्बपतिहरु पृथ्वी वा अन्तरिक्षमा हुनुहुँदैन र अन्तरिक्ष जान खोजेमा त्यहीँ बस्नुपर्छ भनेर लेखिएको थियो ।

पेटिसनमा कमेन्ट गर्दै केही व्यक्तिले पृथ्वीमा फर्कनु अधिकार नभएर विशेषाधिकार हो भन्ने लेखेका थिए । त्यस्तै अर्काै व्यक्तिले बेजोस, बिल गेट्स, एलन मस्क जस्ता अरु अर्बपतिहरु पृथ्वीलाई चाहिँदैन् भनेर लेखेका थिए ।

त्यस्तै ‘पेटिसन टू नट अलाउ जेफ बेजोस रिएन्ट्री टू अर्थ’ शीर्षक भएको पेटिसनमा १८ हजार जनाले हस्ताक्षर गरेका छन् । दुवै पेटिसनले २५ हजार हस्ताक्षर पुर्‍याउने लक्ष्य राखेका छन् । बेजोसले भाइसँग मिलेर ११ मिनेटको अन्तरिक्ष उडानमा जादै छन् ।

त्यस्तै एक जना ब्लु अरिजिन निलामीका विजेता जुन २८ बिलियनमा विक्री भएको थियो । उनी पनि क्यापसुलमा बसेर अन्तरिक्ष यात्रामा जानेछन् ।

उनीहरुको यात्रा कार्मान लाइन सम्म मात्रै हुनेछ जुन अन्तरिक्षको सीमा जस्तै हो । यसको दूरी ६२ माइलको रहेको छ ।