कीवर्डहरू -

गूगल प्ले स्टोरमा फेरि देखियो जोकर भाइरस, आफ्नो फोनमा छन् भने तुरून्तै डिलिट गर्नुहोस् यी ८ एप

गूगल प्ले स्टोरमा फेरि देखियो जोकर भाइरस, आफ्नो फोनमा छन् भने तुरून्तै डिलिट गर्नुहोस् यी ८ एप

गूगल प्ले स्टोरमा यसअघि देखिएको जोकर भाइरस पुनः देखिएको छ । क्विकहिल सेक्युरिटी ल्याबका अनुसन्धानकर्ताले गूगल प्ले स्टोरमा ८ वटा मालयवेर एप भएको पत्ता लगाएका छन् ।

गूगलले प्ले स्टोरमा भएका ८ वटा जोकर भाइरस एपलाई हटाइसेकेको छ । यदी तपाईको फोनमा पनि यी कुनै एप इन्स्टल भएको भए ती एपहरु तुरून्तै डिलिट गर्न अनुसन्धानकर्ताले आग्रह गरेका छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार जोकर मालवेयरले प्रयोगकर्ताको डेटा चोरी गर्ने गर्दछ । यी मालवेयर एपले एसएमएस, कन्ट्याक्ट लिष्ट, डिभाइसको विवरण, ओटिपी जस्ता डेटा चोर्न सक्छन् ।

८ वटा जोकर मालवेयर एपमा एक्जुलरी म्यासेज, फास्ट म्याजिक एसएमएस, फ्री क्याम स्क्यानर, सुपर म्यासेज, एलिमेन्ट स्क्यानर, गो म्यासेजेज, ट्राभल वालपेपर र सुपर एसएमएस रहेका छन् ।