कीवर्डहरू -

एयरस्पीडरले बनायो पहिलो उड्ने विद्युतीय कार, परीक्षण सफल

एयरस्पीडरले बनायो पहिलो उड्ने विद्युतीय कार, परीक्षण सफल

एयरस्पीडरले आफ्नो उडने विद्युतीय कारको पहिलो परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ । यो उड्ने रेसिङ विद्युतीय कार अलाउडा ऐरोनोटिक्स एमके थ्री कम्पनीले बनाएको हो ।

परीक्षण उडानमा कोही पनि व्यक्ति चडेका थिएनन् र पाईलटले पनि परबाटै विद्युतिय कार उडाएका थिए ।यो उपकरणले १,६४० फिटसम्मको उचाई पुरा गर्न सक्दछ र २.८ सेकेण्डमा ६२ एमपीएच दूरी पूरा गर्न सक्छ ।

एलआईडिएआर र रेडार प्रयोग गरेर पाईलटहरुले ककपीट जस्तै भर्चुअल माध्यमबाट प्लेनलाई ठोक्किनबाट रोक लगाएका थिए ।

यो रेसर कार एक पटक चार्ज गरेपछि १५ मिनेटमात्रै उड्न सक्छ तर यसको ब्याट्री २० सेकेण्डमानै परिवर्तन गर्न सकिन्छ ।

यसले विद्युतिय कारका लागि एक नयाँ आयाम पनि ल्याईदिएको छ । यसको प्रविधिमा अझै पनि धेरै परिमार्जनहरु गर्नुपर्ने कम्पनीको भनाइ छ ।