कीवर्डहरू -

गुगल मिटमा ‘हात उठाउने’ फिचर सुधार गर्दै गुगल

गुगल मिटमा ‘हात उठाउने’ फिचर सुधार गर्दै गुगल

गूगलले गूगल मिटको ‘ह्याण्ड रेजिङ’ फिचरमा वर्कस्पेसका लागि नयाँ एनिमेसन सार्वजनिक गरेका छ । त्यस्तै नोटिफिकेसनको आवाजमा परिवर्तन र होस्टले सहभागीले हात उठाएको छ भनेर एपले जानकारी गराउने तरीकामा अपडेट आएको छ ।

यो धेरै ठूलो अपडेट नभएता पनि गूगल मिटको प्रयोगकर्ताहरुले धेरै सहभागी भएको मिटिङमा जोडिन एकदमै मद्दत पुर्‍याउँनेछ । वर्कस्पेसका प्रयोगकर्ता निम्न उल्लेखित फिचरहरु पाउने भएका छन् ।

१. भिडियो टाईलमा अपडेट गरिएको भिजुअल आईकन र एनिमेसन

२. हात उठाईरहेको व्यक्तिको एपले होस्टले देख्ने गरी भिडियो ग्रीड बनाईदिन्छ ।

३. सर्वप्रथम सहभागीले हात उठाएमा सबै कल सहभागीको हात उठाएको बारे नोटिफिकेसन जानेछ ।

४. त्यो नोटिफिकेसन क्लिक गर्दा अरु पनि कोको र कति जनाले हात उठाएका छन् भन्ने बारेमा थाहा हुन्छ ।

५ . सहभागी बोलेपछि हात उठाईएको आफै तल हुने गर्दछ ।

यी फिचरहरु वर्कस्पेस, बिजनेस स्टाण्डर्ड, बिजनेस प्लस, एन्टरप्राइज इसेन्सियल, एन्टरप्राइज स्टाण्डर्ड, एन्टरप्राइज प्लस, एजुकेसन फण्डामेन्ट्ल्स, एजुकेसन प्लस, गैरनाफा र जिसुट बिजनेस अकाउन्टबाट होस्ट गरिएको मिटिङमा उपलब्ध हुनेछ ।