कीवर्डहरू -

टेलिकम सामग्रीको आयात ७२ प्रतिशतले वृद्धि, दश महिनामा ४१ अर्बका भित्रिए 

टेलिकम सामग्रीको आयात ७२ प्रतिशतले वृद्धि, दश महिनामा ४१ अर्बका भित्रिए 

मुलुकमा पछिल्लो दश महिनामा टेलिकमसँग सम्बनिधत सामग्री र यसका पार्टस्हरुको आयात ह्वात्तै बढेको छ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास र यसको विस्तारसँगै सम्बन्धित सामग्रीको आयातमा वृद्धि भएको छ ।

भन्सार विभागको चालु आर्थिक वर्षको दश महिना वैशाखसम्मको तथ्यांकअनुसार मुलुकमा ४० अर्ब ९२ करोड ६७ लाख ११ हजार रुपैया बराबरको टेलिकम्युनिकेसन सामग्री र यसका पार्टस्हरुको आयात भएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनमा ७१.८३३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा मुलुकमा २३ अर्ब ८१ करोड ७६ हजार २८ हजार रुपैयाँ बराबरको सामान आयात भएको थियो ।

गत आर्थिक वर्ष २०७६÷०७७ वर्षभरीमा २७ अर्ब ९१ करोड २४ लाख ५३ हजार रुपैया बराबरको टेलिकम सम्बन्धी सामान र यसमा पार्टपुर्जा आयात भएका थिए ।

मुलुकमा आयात हुने वस्तुहरु मध्ये मुख्य ७ भित्र टेलिकम्युनिकेसन र यसका पार्टस् आयात परेको छ । यस दश महिनमा आयात भएको वस्तुमध्ये यसको हिस्सा ३.३ प्रतिशत हुन आउँछ ।

मुलुकमा सञ्चालनमा रहेका तीनवटा टेलिकम कम्पनीहरु नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलले आफ्नो नेटवर्क विस्तार र अपग्रेड गरिरहेका छन् । नेपाल टेलिकमले पछिल्लो समय फोरजी विस्तारलाई तीव्रता दिएको छ । यसको लागि विटिएस टावर निर्मणमा र अपग्रेडको काम गरिहरको छ ।

त्यस्तै, टेलिकमले फाइभजी परीक्षण गर्ने भनेर तयारी गरिरहेको छ । यसको लागि चाहिने आवश्यक सामग्रीहरुमा आयात गर्ने र जडान गर्ने गरिरहेको छ ।

त्यस्तै, निजी क्षेत्रको अग्रणी मोबाइल कम्पनी एनसेलले पनि नेटवर्क विस्तार र अपग्रेडको काम गरिरहेको छ । एनसेलले एक वर्षमा २ सय ६९ वटा बिटिएस टावर थपेको छ । यो सँगै एनसेलका कुल टावरको संख्या ६ हजार ७ सय ६७ पुगेका छन्न् । उसले थ्रिजी र फोरजीका उक्त टावरहरु निर्माण गरेको हो ।

एनसेलले एक वर्षमा फोरजी सर्पोट गर्ने १ सय ७१ वटा बिटिएस टावर निर्माण गरेको छ । यो सँगै एनसेलका फोजरी टावर ३ हजार ४ सय ६१ पुगेका छन् ।

त्यस्तै, एनसेलले एक वर्षमा ९८ वटा थ्रिजी टावर निर्माण गरेको छ । यो सँगै उसका कुल थ्रिजी टावर ३ हजार ३ सय छ रहेका छन् ।

एनसेलका कुल टावरको संख्या ६ हजार ७ सय ६७ पुगेको वित्तीय विवरणमा उल्लेख छ ।,
त्यसैगरी, टेलिकम्युनिकेसनसँग सम्बन्धित राउटर जस्ता सामानको आयातमा पनि उल्लेख्य वृद्धि भएको छ ।

मुलुकमा विद्युतीय सामग्रीको आयातमा भने गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो दश महिनामा ४५ अर्ब ८४ करोड १२ लाख ५८ हजार रुपैयाँ बराबरको आयात भएकोमा यो वर्षको दश महिनमा १०.७ प्रतिशतले घटेर