कीवर्डहरू -

क्लबहाउसको आइकनमा आएकी नयाँ महिला, क्लबहाउसमै भेटिन आफ्नो प्रेमी 

क्लबहाउसको आइकनमा आएकी नयाँ महिला, क्लबहाउसमै भेटिन  आफ्नो प्रेमी 

क्लब हाउसले केही समयको अन्तरालमा आफ्नो आइकनलाई परिवर्तन गरिरहन्छ । आज मात्रै उसले आफ्नो आइकनमा नयाँ व्यक्तीलाई राखेको छ । उनी यस आइकमा देखिने नवौं व्यक्ति हुन् ।

नवौँ स्थानको छनौटका लागि ब्राजिलकी अभियन्ता र ‘आफ्रो कन्टेन्ट’ सिर्जनाकर्ता डान्डरा पागुलाई क्लब हाउसले आफ्नो आइकनमा ल्याएको छ ।

उनी ब्राजिलको उत्तरीपूर्व भागमा रेसिफे, पर्नामबुसोमा जन्मेकी हुन् । उनको कथा धेरै ब्राजिलियनहरुलाई आफ्नै जस्तो लाग्ने गर्छ किनभने उनीले पनि गरिबी र हिंसाको बीचमै आफ्नो बाल्यकाल बिताएकी हुन् ।

उनको व्यक्तित्व, सकारात्मक सोँच र राम्रो कामहरुका कारणले उनी आज प्रेरणादायक बनेकी छिन् । उनीसँग क्लबहाउसमा आफ्नो दर्शकलाई बाँधिराख्ने क्षमता पनि रहेको उनलाई परिचय गराउँदै क्लबहाउसले भनेको छ ।

उनीले एपमा अर्थशास्त्र र जातजातीको बारेमा चर्चा गर्न थालेदेखि प्रख्याति पाएकी हुन् । यस विषयले विश्वका धेरै मान्छेहरुलाई जोड्नमा सक्षम भएको छ । पागुको बोलाईको मिठास र राम्रो बुद्धिवान शब्दहरुले गर्दा हरकोही उनको रुममा एकचोटि प्रवेश गरेपछि सेसन अन्त्य नभएसम्म छोड्न चाहँदैनन् ।
उनी एक अश्वत महिला भएकाले आफ्नो आधारभूत अधिकारका लागि अरु नागरिकहरुसँग छलफल पनि गर्ने गर्छिन् । उनको १२ जना भाइबहिनीहरु थिए । जसमध्ये चार जनाको मृत्यु भइसकेको छ । उनीले युवा अवस्थामा शारीरिक दुव्र्यव्यवहार भोग्नु परेको पनि बताएकी छिन् ।

विभिन्न चिकित्साको मद्दतले उनीले आफू मानसिक पीडाबाट मुक्त हुन सकेकी बताउँछिन् । पागुले जातीय भेदभावको बारेमा पनि आफ्नो सेसनहरु सञ्चालन गर्ने गर्छिन् । उनीले एन्टी रेसिजम अभियानहरु पनि चलाउने गर्छिन् ।

उनीले आफ्नो प्रेमीलाई पनि क्लबहाउस कै मार्फतले भेटेको बताएकी छिन् । एक दिन उनी भएको रुममा एकदमै बाजाबाज हुन थादेपछि उनीले छोडिन । तर एक व्यक्ति त्यही रहे र सुनिरहे ।

त्यसपछि पागुले ‘कस्तो दिक्कलाग्दो थियो है’ भन्दै मेसेज गरिन । उनीहको घर पनि नजिकै थियो । विस्तारै उनीहरुले एक अर्कालाई मनपराउन थाले । योे एपले उनलाई निर्धक्क आफ्नो विचार राख्न दिएको उनको भनाई रहेको छ । आफ्नो कुरा राख्न यो प्लेटफर्म एकदमै उत्कृष्ट रहेको उनी बताउँछिन् ।