कीवर्डहरू -

आजबाट टुटल पठाओको सेवा शुरू

आजबाट टुटल पठाओको सेवा शुरू

आजदेखि काठमाडौं उपत्यकामा टुटल पठाओको सेवा पुनः शुरू भएको छ । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो भएसँगै राइड शेयरिङ प्लेटफर्म टुटल पठाओ शुरू भएका हुन् ।

काठमाडौं उपत्यका प्रशासनले मंगलबारदेखि जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेपछि राइड शेयरिङ प्लेटफर्म पनि सञ्चालनमा आएका हुन् ।

सरकारले तोकेको मापदण्ड पुरा गरेर सेवा सुरु गरेको टुटल र पठाओ सेवा शुरू गरेका हुन् । नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड  अनुसार राइड संचालन गरिने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताए ।

कोभिडको पुर्ण नियन्त्रण नभएको समयमा सकेसम्म घरमै बसेर सावधानी अपनाउन बस्न्यात सुझाउँछन। उनी थप्छन् ‘अत्यावश्यक काममा निस्कनै पर्दा आफ्नो सवारी नहुने ब्याक्तीहरुको लागि पठाओ सुरक्षीत बिकल्प हुन सक्छ। भिडभाड नहुने र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइने भएकाले यात्राका लागि पठाओ सहज हुन सक्छ।’

गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरू भएसँगै राइड शेयरिङ प्लेटफर्म पनि बन्द भएका थिए । त्यो बेला कम्पनीले बुकिङ ब्लक गरेर राखेका थिए ।