कीवर्डहरू -

जुन २८ मा नयाँ वेयर ओएस बारे जानकारी दिदै सामसङ

जुन २८ मा नयाँ वेयर ओएस बारे जानकारी दिदै सामसङ

सामसङ्ले जुन २८ मा नयाँ वेयर ओएसको प्रस्तुती गर्ने भएको छ । जुन २८ मा हुने मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लूसी) मा स्मार्टवाचको भविष्यबारे बताउने जनाइएको छ ।

सामसङले गूगलसँग सहकार्य गरेर आगामी ओएस भर्सनको निर्माण गरेको छ । आगामी हप्ता हुने एमडब्लूसी सेसनमा सामसङले वाचको नयाँ अनुभवबारे पनि बताउने बताएको छ ।

यसमा दर्शकहरुले सामसङले गूगलसँग मिलेर के बनाएको छ भन्ने बारेमा थाहा पाउनेछन् र वाच ओएसको विस्तृत जानकारी पनि पाउनेछन् ।

सामसङले ग्यालेक्सी इकोसिस्टमका लागि गरेको सुरक्षा वृद्धिको बारेमा पनि कार्यक्रममा जानकारी दिनेछ । यो अनप्याक ईभेन्ट भएका कारण सामसङले नयाँ डिभाइस सार्वजनिक गर्छ की गर्दैन भन्ने बारे कुनै सूचना रहेको छैन् ।यो कार्यक्रम सामसङको युट्युब च्यानेलबाट पनि प्रसारण हुनेछ ।