कीवर्डहरू -

क्लबहाउसमा प्रहरी अधिकृतको फोटो दूरूपयोग गरी प्रोफाइल पिक्चर राख्ने एक जना पक्राउ

क्लबहाउसमा प्रहरी अधिकृतको फोटो दूरूपयोग गरी प्रोफाइल पिक्चर राख्ने एक जना पक्राउ

क्लबहाउसमा प्रहरी अधिकृतहरुको फोटो दूरूपयोग गरी प्रोफाइल पिक्चर राखेको आरोपमा एक जना पक्राउ परेका छन् ।

सोमबार नेपाल प्रहरीको साइबर ब्यूरोले प्रहरी अधिकृतहरुको फोटो दूरूपयोग गरेको आरोपमा भुक्तपुर चाँगुनारायन नगरपालिका वडा ६ खरिबोट बस्ने २० वर्षिय इसान लामिछानेलाई पक्राउ गरेको हो ।

लामिछानेले क्लबहाउसमा प्रहरी लोगो दूरूपयोग गरी नेपाल पुलिसको नाममा ओपन सोसल रूम बनाई प्रहरी अधिकृतको दर्जयानी चिन्हसहितको फोटो दूरूपयोग गरी प्राफाइलमा प्रहरी अधिकृतको नाम लगायतका विवरण समेत समावेश गरी फेक आईडी बनाएको पाइएको ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई ७ दिन म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

यो पनि पढ्नुहोस्ः प्रहरीको फोटो ‘प्रोफाइल’मा राखेर को गयो क्लबहाउस ?