कीवर्डहरू -

१३ दिनमै सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा पदमुक्त

१३ दिनमै सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा पदमुक्त

सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा पदमुक्त भएकी छन् । मन्त्री नियुक्त भएको १३ दिनमै नैनकला थापा पदमुक्त भएकी हुन् ।

मन्त्रिपरिषद् विस्तार विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सञ्चार मन्त्रीसहित २० जना मन्त्री पदमुक्त भएका हुन् । थापा गत जेठ २७ गते मन्त्रीमा नियुक्त भएकी थिइन् ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाले उक्त आदेश दिएका हुन् । अन्तरिम आदेशसँगै केपी शर्मा ओलीले जेठ २१ गते र जेठ २७ गते नियुक्त गरेका मन्त्रीहरु पदमुक्त भएका छन् ।