कीवर्डहरू -

टिकटकले क्रियटरलाई मिनी एप राख्न दिने 

टिकटकले क्रियटरलाई मिनी एप राख्न दिने 

टिकटकले क्रियटरहरुलाई भिडियोमा मिनी एप राख्न दिने भएको छ । प्रयोगकर्ताहरुले जम्प भन्ने मिनी एपलाई भिडियोमा इम्बेड गर्न सक्ने छन् ।

उदाहरणका लागि कसैले कुनै खानेकुरा पकाईरहेको भिडियो हालेमा उनीहरुले त्यसको पूर्ण रेसिपी भएको भिडियोको लिकं राखिदिन सकिन्छ ।

यो फिचर अहिले पनि परीक्षणकै चरणमा रहेको छ र एपले सानो क्रियटरको समूह प्रयोग गरेर यसको जाँच गरिरहेको छ ।

जम्पको फिचरले स्क्रीनको तल पटि एउटा बन पाउनेछन जसले ईम्बेड गरिएको कन्टेन्ट हेर्न पाइनेछ । क्रियटरहरुले दर्शकले हेर्ने कन्टेन्टलाई कस्टमाइज पनि गर्न सक्नेछन् ।

यो फिचरलाई गत महिना देखि जाँच गर्दै आईरहेको छ । स्न्यापच्याटमा पनि यस्तै मिनी नामको फिचर रहेको छ ।