कीवर्डहरू -

क्लबहाउसमा म्यासेजिङ फिचर आउँदै

क्लबहाउसमा म्यासेजिङ फिचर आउँदै

क्लबहाउसले म्यासेजिङ फिचर लिक गरेको छ । अहिलेसम्म एपले स्पोटिफाई, फेसबुक जस्ता एपले आफ्नो फिचर चोरिरहेको दोष लगाईरहेको थियो तर अब भने क्लबहाउसले पनि एपमा म्यासेज फिचर राख्न सक्ने भएको छ ।

क्लबहाउसले एपमा गल्तीले ब्याकच्यानेल भन्ने मेसेजिङ फिचरको जानकारी गत हप्ता केही प्रयोगकर्तालाई लिक गरेको थियो। यो फिचर आएमा प्रयोगकर्ताले अडियोका साथै म्यासेजबाट पनि च्याट गर्न सक्नेछन् ।

क्लबहाउसले एपमा म्यासेजिङ फिचरको जानकारी लिक भएपछि हतारिँदै त्यसलाई हटाएको थियो । यो फिचर आउने नआउने बारे कम्पनीले कुनै आधिकारिक जानकारी दिएको छैन ।