कीवर्डहरू -

नेपाल टेलिकमको मोबाइल सेवामा समस्या

नेपाल टेलिकमको मोबाइल सेवामा समस्या

नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । आज बिहानदेखि टेलिकमको कोर नेटवर्कमा प्राविधिक समस्या आएको हो ।

नेपाल टेलिकमको कोर नेटवर्कमा प्राविधिक समस्या आउँदा जीएसएम भ्वाइस नेटवर्कले काम नगरेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

कम्पनीको मोबाइल सेवामा टावर नै नदेखाउने समस्या रहेको छ भने अन्य कुनै नेटवर्कमा फोन नजाने समस्या देखिएको छ । नेपाल टेलिकमको टेक्निकल टिमले समस्या समाधान गर्न काम गरिरहेको अधिकारीले जानकारी दिएका छन् ।

Due to technical problems in core network, GSM voice network has not been working, technical team is working on it and will be functional ASAP. We apologize for the inconvenience caused to our valuable customers. Nepal Telecom, @ndcl_nt

— Dilli Adhikari (@dr4955) June 23, 2021