कीवर्डहरू -

अन्तरिक्षका लागि पहिलो लुगा धुने सर्फ निर्माण गर्दै टाइड

अन्तरिक्षका लागि पहिलो लुगा धुने सर्फ निर्माण गर्दै टाइड

टाइडले अन्तरिक्षका लागि पहिलो लुगा धुने सर्फ निर्माण गर्ने भएको छ । अन्तरिक्ष यात्रीहरुले अन्तरिक्षमा पटक पटक लुगा धुने सुविधा नहुने हुँदा एउटै लुगा धेरै दिनसम्म लगाउन बाध्य हुने गर्दछन् ।

यसैका लागि टाइडले नासासँग सहकार्य गरेर अन्तरिक्षका लागि पहिलो लुगा धुने सर्फ निर्माण गर्न लागेको हो ।

यो डिटर्जेन्ट पूर्ण रुपले डिग्रेडेबल हुनेछ जसले गर्दा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा हुने क्लोजड लुप भएको पानी प्रणालीमा पनि यसले सजिलै दाग र दुर्गन्ध हटाउन सक्नेछ ।

नासाले यो सर्फको जाँच सन् २०२२ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा गर्ने जनाइएको छ । यस प्रोजेक्टलाई मिसन पिजी टाइड भनिन्छ ।

त्यसमा टाइड डिटर्जेंटको अन्तरिक्षमा प्रभावकारिता र संघटकको स्थिरताको परीक्षण गरिनेछ । त्यस्तै लामो समयसम्म मङ्गल ग्रह र चन्द्रमा मिसनका लागि चाहिने वासर– ड्रायर कम्बोको बारेमा पनि अन्वेषण गरिनेछ ।

यो प्रोजेक्ट सफल भएमा यसले धेरै अन्तरिक्ष यात्रीहरुलाई सहज पुर्‍याउनेछ । डिग्रेडेबल भएका कारणले यो वातावरण मैत्री पनि हुनेछ ।

यसले अन्तरिक्षयानमा धेरै तौल हुनबाट पनि बचाउँछ किनभने यो आविष्कारले गर्दा नासा धेरै लुगा पठाउने झन्झटबाट बाँच्नेछ ।

यो डिटर्जेंट पृथ्वीमा पनि काम लाग्ने हुन सक्नेछ किनभने यसले पानीको खपत पनि जोगाउँछ । यो वातावरण मैत्री छ र यसले फोहोर मात्रा पनि घटाउँछ ।