कीवर्डहरू -

विश्वमै पहिलो पटक एन्टिभाइरस बनाउने कम्पनी म्याकफीका संस्थापक मृत भेटिए

विश्वमै पहिलो पटक एन्टिभाइरस बनाउने कम्पनी म्याकफीका संस्थापक मृत भेटिए
Photo: Reuters

विश्वमै पहिलो पटक एन्टिभाइरस बनाउने कम्पनी म्याकफीका संस्थापक जोन म्याकफी मृत भेटिएका छन् । ७५ वर्षिय म्याकाफी स्पेनको जेलमा मृत भेटिएका हुन् ।

स्पेनको अदालतले उनलाई कर छलीको मुद्दामा अमेरिका सुपुर्दगी गर्न स्वीकृति दिएको केही घण्टापछि उनी मृत फेला परेका जनाइएको छ ।

उनले जेलमा आत्महत्या गरेको बताइएको छ । म्याकफीमाथि सन् २०१४ देखि सन् २०१८ को बीचमा कर नतिरेको आरोप लागेको थियो ।

उनले सन् १९८७ मा अमेरिकामा म्याकफी क्रप कम्पनी स्थापना गरेका थिए । सन् १९९४ मा कम्पनीबाट उनले राजीनामा दिएका थिए । सन् २०१० चिप बनाउने कम्पनी इन्टेलले म्याकफीलाई ७.७ बलियनमा खरिद गरेको थियो ।