कीवर्डहरू -

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको गोदामबाट ल्यापटप चोरी गर्ने एकजना पक्राउ

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको गोदामबाट ल्यापटप चोरी गर्ने एकजना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट ल्यापटप चोरी गर्ने एकजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले कम्प्लेक्सबाट ल्यापटप चोरी गरेको आरोपमा सिन्धुपाल्चोक घर भएका हाल काठमाडौं बस्ने २९ वर्षिय विष्णु अधिकारीलाई बुधबार पक्राउ गरेको हो ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड र त्रिवुभन अन्तराष्ट्रिय विमान स्थल शाखा कार्यालयले संचालनमा ल्याएको कार्गो कम्प्लेसमा रहेको आयात गोदाममा आयात भएको ५०७ पिस ल्यापटप मध्ये जेठ २० गते रातको समयमा ७ पिस र असार ३ गते राती  ६ पिस गरी जम्मा १३ थान  ल्यापटप चोरी भएको थियो ।

त्यसपछि नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले निवेदन पर्न आएपछि महाशाखाबाट महानगरिय विमानस्थल सुरक्षा कार्यालयसँगको समन्वयमा अनुसन्धान  गर्ने क्रममा उक्त चोरी कार्यमा संलग्न अधिकारी पक्राउ परेका हुन् ।प्रहरीले अधिकारीबाट डेलको ८ थान ल्यापटप र २ थान चार्जर बरामद गरेको छ ।