कीवर्डहरू -

सन् २०२२ मा आउने आईफोन सस्तो हुने

सन् २०२२ मा आउने आईफोन सस्तो हुने

एप्पलको सन् २०२२ मा आउने आईफोन ठूलो डिस्प्लेका साथै सस्तो पनि हुने बताइएको छ । अहिलेसम्म सबै आईफोनको पूर्व जानकारी विश्लेषक मिङ चुओले सदैव मिलाउने गरेका छन् ।

यसपटक पनि उनले सन् २०२२ मा आउने आईफोनको ठूलो डिस्प्ले हुने र सस्तो हुने  बताएका हुन् । उनले आईफोन मोडेल फोर्टिन एस ६.१ इन्च र ६.७ इन्चको  हुने बताएका छन् ।

मिङका अनुसार ६.७ इन्च मोडेलको ९०० डलर पर्नेछ । एप्पलको ६.७ इन्चकै आइफोन १२ प्रो म्याक्सको १,०९९ डलर पर्ने गर्दछ । त्यस्तै आईफोनमा डिस्प्लेको तल सेन्सर हुनेछ ।

एप्पलले अन्डर डिस्पले टच आईडी पनि बनाइरहेको छ । आईफोन ४८ मेगापिक्सेलको वाईड क्यामेराका साथमा आउनेछ । उनका अनुसार २०२२ को मोडेलहरुमा ५.४ इन्चको आईफोन मिनी नहुन सक्ने छ ।

एप्पलले आइफोन १२ मिनीको उत्पादनमा पनि कमी गरेको छ र पहिलेको लक्ष्य भन्दा ७० प्रतिशतले कम बनाउने योजना गरेको छ । सानो डिभाईस विक्रि नभएकाले एप्पलले यस्तो गरेको हो ।