कीवर्डहरू -

मानव बेचबिखन विरुद्धको अभियानमा सीपमूलक ट्रेनिङ सञ्चालन गर्दै स्कलर्स सपेस

ट्रेनिङबाट उठेको पैसा माइती नेपाललाई दिइने

मानव बेचबिखन विरुद्धको अभियानमा सीपमूलक ट्रेनिङ सञ्चालन गर्दै स्कलर्स सपेस

मानव बेचबिखन अनुसन्धान ब्यूरो  र माईती नेपालको सहकार्यमा स्कलर्स स्पेसले १  महिना लामो मानव बेचबिखन विरुद्ध र मानव  बेचबिखनको पिडितलाई टेवा पुग्ने अभियान सुरु गर्ने भएको छ । यो अभियान असार १५ गतेदेखि साउन १५ सम्म सञ्चालन हुनेछ ।

यस अभियानमा आईटी स्टुडेन्ट्स अफ नेपाल र जेनेस क्लाउड एकेडेमी सहजकर्ताको रूपमा तथा सिस्टरहूड नेपाल प्रभाव साझेदारको रूपमा जोडिएका छन् ।

यस १ महिने अभियानमा मानव  बेचबिखन विरुद्ध जागरुक्ता फैलाउनका लागि विभिन्न टक सो, प्यानल डिस्कसनहरु हुनेछन । विभिन्न खेलाडी, समाजका परिवर्तकहरु र विभिन्न समाजसेवीहरु मानव बेचबिखन विरुद्धमा आफ्नो आवाज उठाउने स्कलर्स स्पेसले जनाएको छ ।

समाजलाई केहि दिनुपर्छ भन्ने मुलभावका साथ यस १ महिने लामो अभियानमा करिव २५ वटा ट्रेनिंग सेसनहरु हुनेछन् ।

विभिन्न विधामा संचालन गरिने ट्रेनिंगहरु स्कलर्स स्पेसको वेबसाईटमा गएर रजिस्टर  गर्न सकिनेछ । धेरै ट्रेनिंग हरु निःशुल्क रहेको र केही न्युनतम शुल्कमा संचालन हुनेछन् ।

शेयर मार्केट, पब्लिक स्पिकिङ, आर्ट अफ लिभिङ, संस्कृत, मेकअप, क्यानभा, फोटोशप, इलुस्ट्रेटर, वर्डप्रेस, बग बाउन्टी एन्ड साइबर सेक्युरिटी, एचटीएमएल एन्ड सीएसएस, पाइथन जाभा स्क्रिप्ट, अटोक्याड, ईट्याब्यस, स्केचअप, आर्क जीआईएस, क्लाउड कम्प्युटिङ, गिटहब लगायतका ट्रेनिङ सञ्चालन हुनेछ ।

साथै यहाँ क्लिक गरेर माथिका ट्रेनिङमा सहभागी हुन र यस अभियानको बारेमा थप जानकारी लिन सकिने छ । यी ट्रेनिंगहरु तपाईले रजिस्टर गरेपछि तोकिएको मितिबाट जुमबाट संचालन हुनेछन् ।

यी ट्रेनिंगबाट उठेको पैसा श्रावण १५  गते (अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस) का दिन माईती नेपाललाई हस्तान्तरण गरिनेछ ।

कम्पनीका अनुसार यो अभियान केहि नारासहितको अभियान  मात्रै हैन, आफू संगसंगै सिंगो समाजलाई सचेत र क्षमतावान बनाउने प्रयास हो ।

साथै आयोकले सबै सामाजिक आभियानता, सामाजिक संस्था, समाजका परिवर्तक, युवाका प्रेरणाका श्रोतहरु , लेखकहरु, विद्यार्थीहरु र समग्र नेपाली मनहरुलाई यस अभियानमा सामिल भई, मानव बेचबिखन विरुद्ध आवाज उठाउन हुन अनुरोध गरेको छ ।

यो अभियान ‘युथ एक्सन फर अवेयरनेस ’ #Youaa  को नाराबाट अगाडी बढ्नेछ ।