कीवर्डहरू -

एनआइसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने एकजना पक्राउ

एनआइसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने एकजना पक्राउ

भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गर्ने एक जना बिहिबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वेदकोट नगरपालिका-२ दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्ला रहेका छन् । बुधबार राति ८ः३० बजे जाँदा एटिएम बैंकको मेसिन तोडफोड भएको अवस्थामा फेला परेको थियो ।

तत्कालै प्रहरीले बैंकमा जडान गरिएको सिसीटिभी क्यामेरामा कैद भएको फुटेजका आधारमा ठकुल्लालाई पक्राउ गरेको हो । पक्राउ परेका ठकुल्लामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।