कीवर्डहरू -

काठमाडौं महानगरले केन्द्रीय कार्यालय र शाखा कार्यालय बाहेकका ठाउँमा एटीएम राख्दा कर लिने

काठमाडौं महानगरले केन्द्रीय कार्यालय र शाखा कार्यालय बाहेकका ठाउँमा एटीएम राख्दा कर लिने

बैंक तथा वित्तिय संस्थाले केन्द्रीय कार्यालय तथा शाखा कार्यालयबाहेकका ठाउँमा एटीएम राख्दा अब काठमाडौं महानगरपालिकालाई कर तिर्नुपर्ने भएको छ ।

आर्थिक विधेयक २०७८ मार्फत काठमाडौं महानगरले बैंक तथा वित्तीय संस्थाको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयबाहेकका ठाउँमा एटिएम राख्दा आगामी आर्थिक वर्ष २०७८/७९ मा ५ हजार कर तिर्नुपर्ने प्रस्ताव गरेको हो ।

काठमाडौं महानगरपालिकाको यो प्रस्तावमाथि असार २० गतेबाट नगरसभामा छलफल हुनेछ । साथै महानगरले अब राइड शेयरिङ कम्पनीलाई पनि करको दायरामा ल्याउने भएको छ ।