कीवर्डहरू -

वर्डप्रेस विराटनगरले वर्डक्याम्प विराटनगरका लागि ‘उज्जवल थापा मेमोरियल स्कलरसिप’ दिने

वर्डप्रेस विराटनगरले वर्डक्याम्प विराटनगरका लागि ‘उज्जवल थापा मेमोरियल स्कलरसिप’ दिने

वर्डप्रेस विराटनगरले आउँदै गरेको इभेन्ट वर्डक्याम्प विराटनगरका लागि एकजनालाई ‘उज्जवल थापा मेमोरियल स्कलरसीप’ दिने घोषणा गरेको छ ।

यस स्कलरसिपमा आगामी वर्डक्याम्प विराटनगरमा सहभागी हुन इच्छुकले आवेदन दिन सक्नेछन् । गत जेठमा कोरोना संक्रमणका कारण वर्डप्रेस नेपालका सह-संस्थापक तथा आईटी उद्यमी उज्जवल थापाको निधन भएको थियो ।

उनकै सम्झनामा वर्डप्रेस विराटनगरले आगामी वर्डक्याम्पका लागि ‘उज्जवल थापा मेमोरियल स्कलरसीप’ प्रदान गर्ने निर्णय गरेको हो ।

यस स्कलरसिपमा नेपालको जुनसुकै ठाउँबाट विराटनगर आउने खर्च, इभेन्टको समयमा होटलमा बस्ने खर्च, वर्डक्याम्प विराटनगरको टिकेट, स्थानीय यातायात तथा इभेन्ट बाहिर खाना खाने खर्च पाइने छ । नेपाली नागरिकले मात्र यो स्कलरसीपमा आवेदन दिन सक्ने छन् ।

छनोटको मापदण्ड अझै तय भइनसकेको भएपनि शारिरिक रूपमा अशक्त व्यक्ति, कम आए भएका व्यक्ति र वर्डप्रेसमा रूची भएको महिलालाई प्रदान गर्न सकिने आयोजकले जनाएको छ ।