कीवर्डहरू -

स्पेसएक्सले जुलाईमा पहिलो अर्बिटल स्टारसीप परीक्षण उडान गर्ने

स्पेसएक्सले जुलाईमा पहिलो अर्बिटल स्टारसीप परीक्षण उडान गर्ने

स्पेसएक्सले जुलाईमा पहिलो अर्बिटल स्टारसीप परिक्षण उडान गर्ने योजना राखेको छ । आउँदो केही हप्तामा यो परीक्षण उडान हुन सक्नेछ ।

सिएनबिसीका अनुसार स्पेस एक्सका अध्यक्ष ग्वाइन सटवेलले यो कुरा अन्तर्राष्ट्रिय अन्तरिक्ष विकास कन्फेरेन्समा यो कुरा बताएकी थिइन् । यो परिक्षणमा थुप्रै चुनौति भएपनि स्पेसएक्स त्यसका लागि तयार रहेको उनको भनाइ थियो ।

अहिलेको उडान योजनामा बोका सिका बाट एउटा प्रोटोटाइप लञ्च हुनेछ । स्पेसक्राफ्ट अर्बिटमा छिरेर ९० मिनेट पनि ह्वाईमा ल्याण्ड गर्नेछ ।

स्टारसिपले अहिले सम्म थुप्रै प्रोटोटाइप हराईसकेको छ । अर्बिटको पनि आफ्नो छुट्टै समस्याहरु हुने गर्दछ । यो पटक सफलतापूर्वक उडान हुन्छ वा हुँदैन् त्यो भने हेर्न बाँकी छ ।