कीवर्डहरू -

अनलाइनबाटै नबिल इन्भेष्टमेन्टमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

अनलाइनबाटै नबिल इन्भेष्टमेन्टमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि निःशुल्क अनलाइन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ ।

कोरोना महामारीको समयमा कार्यालयसम्मै आएर डिम्याट खोल्नुपर्ने बाध्यतालाई अन्त्य गर्न चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि निःशुल्क अनलाइन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा संचालनमा ल्याएको हो ।

सेवाग्राहीले अनलाइनबाट सहज, छिटो तथा छरितो तरिकाले डिम्याट खाता खोल्न सक्ने व्यवस्था मिलाइएको छ ।अनलाइनबाटै खाता खोल्न यहाँ क्लिक गर्नुहोस् ।

ग्राहकको सम्पूर्ण जानकारीहरु रिफरेन्स नम्बरबाट खोज्न सकिने भएकोले यसरी खाता खोलेपछि प्राप्त हुने रिफरेन्स नम्बर खाता वालाले सुरक्षित राख्नु पर्नेछ ।

यसरी आफुले अनलाइनबाट डिम्याट खाताको लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई खाता नम्बर उपलब्ध हुनेछ ।