कीवर्डहरू -

सिआरआईएसपिआर जिन एडिटीङले थुप्रै उपचार नभएको रोगहरु ठिक गर्न सक्ने

सिआरआईएसपिआर जिन एडिटीङले थुप्रै उपचार नभएको रोगहरु ठिक गर्न सक्ने

सिआरआईएसपिआर जिन एडिटीङले थुप्रै रोगहरुलाई ठिक गर्न सक्ने भएको छ । जसको कारणले पहिले उपचार नभएको रोगहरुको समाधान हुन सक्ने भएको छ ।

अहिलेसम्म कुनै पनि रोगमा संक्रमित सेलमा चिकित्सा टूलहरुलाई इन्जेक्ट गरिने चलन रहेको छ । यो विधि सबै खालको रोगहरुको लागि उपयुक्त हुँदैन् ।

अन्वेषकहरुले अब सिधै सिआरआईएसपिआर–कास ९ लाई रगतमा इन्जेक्ट गरेर जीन एडिट गर्न सकिने छ । यसले थुपै रोगहरुलाई उपाचार गर्न दिन्छ ।

यो प्रक्रियाले परिक्षण गर्दा ट्रान्सथाईरेटिन एमालोडोसिस भन्ने एकदमै विरलै हुने जीन रोगलाई पनि ठिक गरेको थियो ।

स्वयंसेवकहरुलाई सिआरआईएसपिआर भएको न्यानो पार्टिकल इन्जेक्ट गर्दा त्यो विरामीको कलेजोमा गएर हानीकारक प्रोटिन बनाउनमा रोक लगाउँछ ।

यो परीक्षण ६ जना स्वयंसेवक माथि परीक्षण गरिएको थियो । यसले भविष्यमा एजमीयर र मुटुको रोगहरु पनि ठिक गर्न सक्ने देखिएको छ ।