कीवर्डहरू -

एनआईसी एशिया बैंकको एटीएम मेसिन फोड्दा फोड्दै एक युवक पक्राउ

एनआईसी एशिया बैंकको एटीएम मेसिन फोड्दा फोड्दै एक युवक पक्राउ

बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम ‘फोड्दा फोड्दै’ एक जना आइतबार राति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुनसरी दुहबि नगरपालिका-९ घर भएका २४ वर्षीय मो.ईम्तियाज रहेका छन् ।

उक्त बैंकको एटिएम तोडफोड भईरहेको भन्ने खबर प्राप्त हुनासाथ सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई १ थान ताला फोडन प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को.३९ प ४८६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मो.अनिस हुसेन फरार रहेकोले प्रहरीले खोजी गरिरहेको जनाएको छ ।